२४ जेठ, एजेन्सी । भारतीय कांग्रेस नेता राहुल गान्धीले मंगलबारको सेयर बजार घोटालामा तत्कालीन सरकारकै भूमिका रहेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र वित्तमन्त्री निर्मला सिथारमणले बारम्बार सेयर बजारमा लगानी गर्न भनेको बताउँदै उनले छानबिनको माग गरेका छन् ।
‘मैले नोट गरेको छु, चुनावअघि प्रधानमन्त्री, गृहमन्त्री र वित्तमन्त्रीले स्टक मार्केट उच्च गतिले बढ्ने दाबी गर्दै लगानीका लागि आग्रह गरेका थिए,’ गान्धीले भने, ‘सरकारकै कारण सेयर बजारबाट लाखौं जनताले ३० लाख करोड नोक्सानी बेहोरेका छन् ।’





