नेपाल राष्ट्र बैंकले करिब डेढ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
केन्दीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
जसअनुसार केन्द्रीय बैंकले वाणिज्य बैंकमा १ अर्ब १४ करोड ४० लाख, विकास बैंकमा २१ करोड ४५ लाख र फाइनान्स कम्पनीहरुमा ७ करोड १५ लाख गरी कुल १ अर्ब ४३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने छ ।


