बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित


  • Himalayan Bank Limited (HBL)
बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं : बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ। 

बिहीबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए। 

प्रस्तावमाथिको छलफलपछि उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हो। त्यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा र वित्तीय जोखिमसमेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न उक्त विधेयक ल्याउनुपरेको बताए। 

Read More