आगामी आर्थिक वर्षको बजेटपछि सरकारप्रति निजी क्षेत्रको असन्तुष्टि चुलिएको छ।
अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको मनोबल बढाउने गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम ल्याएको दाबी गरे पनि निजी क्षेत्रका प्रतिनिधिहरूले व्यावसायिक वातावरण बिथोलिएको गुनासो गरेका छन्।
विशेषगरी निर्माण क्षेत्र थप समस्या निम्त्याउने गरी बजेट ल्याएको उनीहरूको गुनासो छ। लगातार दुई आर्थिक वर्षदेखि ऋणात्मक वृद्धिदर खेपेको निर्माण क्षेत्रलाई बजेटले सम्बोधन गर्न नसकेको उनीहरूले बताएका छन्।


-1716889678.jpg)
