एप्पललाई पछि पार्दै ‘एनभिडिया’ बन्यो विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी, बजार पुँजीकरण ३० खर्ब डलर नाघ्यो


  • Himalayan Bank Limited (HBL)
एप्पललाई पछि पार्दै ‘एनभिडिया’ बन्यो विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी, बजार पुँजीकरण ३० खर्ब डलर नाघ्यो

काठमाडौं : अमरिकी प्रविधि कम्पनी ‘एनभिडिया’ विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । सेमिकन्डक्टर चिप निर्माता एनभिडियाको सेयर बजार पुँजीकरण बुधबार ३० खर्ब डलर नाघेपछि एप्पललाई पछि पार्दै विश्को दोस्रो सबैभन्दा मूल्यवान कम्पनी बनेको हो । कम्पनीको सेयर मूल्य बुधवार ५% भन्दा धेरैले बढेर १२ सय डलर नाघेको थियो ।

कम्पनीले सेयर भाउमा गत वर्ष सुरु भएको उत्साहजनक वृद्धिलाई यस वर्ष पनि विस्तार गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा चलेको लगानीको लहरबाट एनभिडियाको व्यापारमा उच्च वृद्धि हुने देखिएपछि लगानीकर्ताहरु यसको सेयरमा आकर्षित भएको बीबीसीले उल्लेख गरेको छ । यसको बजार मूल्य माइक्रोसफ्टपछि दोस्रो ठूलो हो । च्याटजीपीटी निर्माता ओपन एआईको लगानीका कारण माइक्रोसफ्टको बजार मूल्य सबैभन्दा उच्च रहेको छ ।

 

Read More