बिमा भुक्तानी तत्काल नगरे चितवनका केरा किसानले आन्दोलन गर्ने


  • Himalayan Bank Limited (HBL)
बिमा भुक्तानी तत्काल नगरे चितवनका केरा किसानले आन्दोलन गर्ने

चितवन — हावाहुरीका कारण केरा खेतीमा नोक्सानी व्यहोरेका चितवनका किसानहरूले बिमा रकम तत्काल उपलब्ध नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । हावाहुरीले केरा नोक्सान गरेको चितवन खैरहनी नगरपालिका–१० पिपरामा बुद्धि चौधरीले लगाएको केरा बगान आडमा किसानहरूले बुधबार पत्रकार सम्मेलन गरेर बिमा बापतको रकम नपाए चरणबद्ध आन्दोलन गर्ने जानकारी गराएका हुन् ।

जेठ १७ गतेदेखि २० गतेसम्म चितवनमा साँझपख लगातार जसो आएको हावाहुरीले १५ करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले बताए । ‘नोक्सान भएमा राहत होस् भनेर केरा किसानहरूले कृषि बिमा गरेका छन् । तर गत वर्ष नोक्सान भएकोमध्ये साढे दुई करोड रुपैयाँ अझसम्म भुक्तान भएको छैन,’ अध्यक्ष घिमिरेले भने ।

Read More