२४ जेठ, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले भारतीय जीआईसी रिको ‘ट्रिटी अंश’ पाएको छ । यसले हिमालयन रिको बिजनेस विस्तारमा सघाउ पुग्नेछ ।
भारतको नियमनकारी निकायबाट पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै हिमालयन रिले विश्व विख्यात पुनर्बीमा कम्पनी जीआईसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा पाउन सफल भएको छ ।
हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारत सहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।



