काठमाडौँ — ठूला वित्तीय अपराधको अनुसन्धान तथा अभियोजनलाई मुख्य प्राथमिकतामा राखेर सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी तेस्रो पञ्चवर्षीय रणनीतिको मस्यौदा तयार गरेको छ । अघिल्ला दुई रणनीतिका कमीकमजोरी सुधार र समय सान्दर्भिक नयाँ व्यवस्था थप गर्दै नयाँ रणनीति बनाइएको हो ।
रणनीतिमा वित्तीय अपराध तथा अराजक गतिविधिहरूको प्रभावकारी नियमन तथा सुपरिवेक्षण, ठूला वित्तीय अपराधहरूको अनुसन्धान, दोषीलाई कारबाहीलगायत विविध पक्ष समेटिएको स्रोतले बताएको छ । ‘अहिलेसम्म हामी नीति नियम बनाउने चरणमै थियौं, अब नीति निर्माणसँगै प्रभावकारी कार्यान्वयनमा जोड दिएका छौं,’ स्रोतले भन्यो ।


