सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम, बिहीबार तोलाको १ लाख ४४ हजार पुग्यो


  • Himalayan Bank Limited (HBL)
सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम, बिहीबार तोलाको १ लाख ४४ हजार पुग्यो

सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएमो छ। बिहीबार सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यो सुनको हालसम्मकै उच्च मूल्य हो।

बुधबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

गत मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँ पुगेर रेकर्ड बनाएकाे थियाे। बिहीबार साे रेकर्डलाइ ताेड्दै नयाँ रेकर्ड कायम गरेकाे हाे। 

Read More