बाढीले क्षतिग्रस्त बनेको शुभम पावरको तल्लो पिलुवा खोला योजनाबाट विद्युत उत्पादन सुचारु


  • Himalayan Bank Limited (HBL)
बाढीले क्षतिग्रस्त बनेको शुभम पावरको तल्लो पिलुवा खोला योजनाबाट विद्युत उत्पादन सुचारु

बाढीले क्षतिग्रस्त भएको शुभम पावर लिमिटेडद्वारा निर्मित तल्लो पिलुवाखोला साना जलविद्युत आयोजनाको पुनर्निर्माणपश्चात् विद्युत आपूर्ति सुचारु भएको छ ।

०.९९ मेगावाटको उक्त आयोजनामा गत असार २ गते पूर्वी नेपालमा आएको बाढीले व्यापक क्षति पुर्याएको थियो । करिब साढे ११ महिनासम्म उत्पादन बन्द भएको उक्त योजनाबाट जेठ २२ गतेदेखि विद्युत उत्पादन सुचारु भएको जनाइएको छ ।

Read More