काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सन्तुलित आर्थिक विकास र १६औँ पञ्चवर्षीय योजनालाई आत्मसात् गर्नेगरी आफूले आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका छन् ।
बुधबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा सांसदले राखेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले विगतका वर्ष गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने, बद्लिँदो विश्व अर्थव्यवस्था र मुलुकको वस्तुगत आवश्यकतालाई दृष्टिगत गरी उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न बजेट लक्षित रहेको बताए ।



