आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार छैन : सांसद थापा


  • Himalayan Bank Limited (HBL)
आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार छैन : सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले  प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले ६ प्रतिशत आर्थिक वृद्धि हुने आधार के भन्दै प्रतिप्रश्न गरे ।  

‘आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ । तर, केही विकास साझेदार निकायले चार प्रतिशत मात्रै आर्थिक वृद्धिदरको प्रक्षेपण गरिरहेको अवस्थामा अर्थमन्त्री पुनले के आधारमा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राख्नुभएको हो ?’ सांसद थापाले भने । 

Read More