२३ जेठ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको सम्पति विदेश लैजान नदिने कार्यक्रम बजेटमा आउन नसकेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले भने, ‘देशका ठूला ठूला धनाढ्यहरु र राजयका उच्च पदस्थ अधिकारीबाट विदेशको ग्रिनकार्ड लिने, विदेशको नागरिकता लिने र नेपालको खबौं रकम अवैध ढंगले विदेश पुर्याउने काम भइरहेको छ । यसलाई रोक्ने गरी बजेट आउनुपर्ने थियो । यसमा नजरअन्दाज भएको छ ।’



