भारतबाट पनि अवैध रूपमा सुन भित्रिने जोखिम


  • Himalayan Bank Limited (HBL)
भारतबाट पनि अवैध रूपमा सुन भित्रिने जोखिम

काठमाडौँ । राज्यले सुनलाई राजस्व सङ्कलनको भरपर्दो माध्यम बनाउँदा तस्करको रजगज बढ्नुका साथै तस्करीको प्रणाली वा पद्धति नै फेरिने भएको छ । नेपालमा मुख्य गरी दुबई, कतार, चीन र हङकङबाट गैरकानुनी रूपमा सुन भित्रिँदै स्वदेशी र भारतीय बजारमा आपूर्ति हुँदै आइरहेको छ ।

आगामी वर्षको बजेटपछि भने नेपालमा तस्करीमार्फत सुन ल्याउन सकिने देशको सूचीमा भारतसमेत थपिने भएको हो । तस्करहरूले चालु वर्षसम्ममा हङकङबाट कार्गोमार्फत, चीनमार्फत भेप (ई–सिगरेट) लगायत अन्य माध्यम र खाडीबाट वैदेशिक रोजगारीमा र ‘भिजिट भिसा’मा गएका नेपाली प्रयोग गरेर सुन तस्करी गर्थे । तस्करी गरेर ल्याइएको सुन नेपाल प्रहरी, भन्सार कार्यालय र राजस्व अनुसन्धान विभाग लगायतले विभिन्न समयमा पक्राउ गर्दै आएका छन् । विभागले एकै पटक ६० किलोसम्म सुन समातेको उदाहरण छ । त्यसपछि सुन तस्करीको ठुलो सञ्जाल नै तोडिएको थियो ।

Read More