प्रधानमन्त्री प्रचण्डले सहकारी पीडितलाई कालो झण्डा देखाएर ‘ब्लण्डर’ गरेको बताएका छन्। पोखरा सभागृहमा कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले ५ लाख भन्दा कम बचत भएका सहकारी पीडितलाई फिर्ता दिन सरकारले बजेटमै ल्याएको बताए।
‘५ लाख भन्दा कम बचत भएकालाई पैसा दिने भनेर सरकारले बजेटमै योजना ल्याएकवो छ। त्यहाँ बाहिर कालोझण्डा देखाउनुभयो। कालो झण्डा देखाउनुहुने साथीले ब्लण्डर गर्नुभयो। यस्तो बुद्धितिर नलाग्नुहोला, तपाइहरुको पक्षको सरकारलाई,’ उनले भने।



