बिजुली निर्यात थाले पनि स्वदेशी उद्योगमा लोडशेडिङ,उद्योग सञ्चालन गर्नै समस्या


  • Himalayan Bank Limited (HBL)
बिजुली निर्यात थाले पनि स्वदेशी उद्योगमा लोडशेडिङ,उद्योग सञ्चालन गर्नै समस्या

पछिल्लो समयमा नेपालका स्वदेशी उद्योगहरु विभिन्न कारणले गर्दा समस्यामा छन् । पछिल्लो समय भइरहेको लोडसेडिङको समस्याका कारण स्वदेशी उद्योगहरु समस्याग्रस्त अवस्थामा पुगेका हुन् । 

नेपाल विद्युत प्राधिकरणले गत सोमबारदेखि नै देशभित्र खपत गरी बचत रहेको बिजुली भारतमा बिक्री शुरु गरेको जानकारी गराएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयमले विद्युत निर्यात हुन थालेको जानकारी गराएका थिए । आन्तरिक मागभन्दा बढी बिजुली उत्पादन भएकाले निर्यात थालिएको प्राधिकरणको भनाइ छ । 

प्राधिकरणले विद्युत निर्यात शुरु गरिरहँदा पर्याप्त मात्रामा विद्युत् पाउन नसकेको स्वदेशी उद्योगीहरुले गुनासो गरेका छन् ।  तर, स्वदेशका मूख्य औद्योगिक क्षेत्र अहिले पनि अघोषित लोडशेडिङको मारमा परेका छन् । प्रसारण लाइन पूर्वाधारको अभावमा बारा–पर्सा औद्योगिक कोरिडोर, सुनसरी–मोरङ औद्योगिक कोरिडोरजस्ता मूख्य औद्योगिक क्षेत्रमा अझै पनि लोडशेडिङ कायमै रहेको उद्योगीहरूले बताएका छन् । 

Read More