सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शङ्कर हलमा बैठक सुरु भएको हो ।
संसदीय विशेष समितिहरूको पहिलो बैठक सभामुखको सहभागितामा बस्ने चलन छ । एमाले सांसद् सूर्यबहादुर थापाको सभापतित्वमा संसदीय छानबिन समिति बनेको छ ।



