नेप्से पुनर्संरचना योजना : पूँजी ३ गुणा, विदेशी साझेदार र सर्वसाधारणलाई सेयर दिने


  • Himalayan Bank Limited (HBL)
नेप्से पुनर्संरचना योजना : पूँजी ३ गुणा, विदेशी साझेदार र सर्वसाधारणलाई सेयर दिने

२३ जेठ, काठमाडौं । मुलुकमा निजी क्षेत्रको बलियो स्टक एक्सचेन्ज सञ्चालन गर्नुपर्ने बहस चलेपछि सरकारले भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) कै पुनर्संरचना गर्ने योजना उठाइरहेको छ ।

अघिल्लो पटकको बजेटमा सरकारले धितोपत्र बजार प्रतिस्पर्धी बनाइने भनेर घोषणा गरेको थियो । त्यसलाई निजी क्षेत्रको अर्को स्टक एक्सचेन्ज सञ्चालन गरी नेप्सेसँग प्रतिस्पर्धी भित्र्याउने अर्थमा बुझिएको थियो । सरकारले त्यसतर्फ गृहकार्य पनि गर्‍यो ।

Read More