विश्वका कतिपय कम्पनीका प्रमुख कार्यकारी अधिकृतको तलब सुन्दा पनि जिब्रो टोक्नु पर्ने अवस्था आउँछ ।तर सीईओहरुले खुसीसाथ पहिलाकोभन्दा धेरै तलब थापिरहँदा औसत कर्मचारीको तलब भने खुम्चिरहेको अवस्था छ ।
धेरै तलब कमाउने सपना त सबैको हुन्छ नै । आफ्नोभन्दा बढी तलब पाउने मानिसहरुप्रति कहिलेकाहीं हामी इर्ष्यासमेत गर्ने गर्छौं ।हुन त अहिले पनि तल्लोस्तरको कर्मचारी र उपल्लो तहको कर्मचारीको अन्तर कुनै निश्चित सीमाभन्दा बढी हुनु हुँदैन भन्ने नियम भए पनि सीईओहरूको हकमा त्यसले काम गरेको पाइन्न ।


