नेपाल धितोपत्र बोर्डले अन्तिम पटक पाँच महिना अघि सेयर जारी गर्न कम्पनीहरूलाई स्वीकृति दिएको थियो।
तर, पाँच महिना बित्दा पनि अहिले कुनै कम्पनीले आइपिओ, हकप्रद सेयर जारी गर्न पाएका छैनन्।
गत पुस १९ गते अन्तिम पटक कम्पनीहरूलाई सेयर जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको थियो। अन्तिम पटक गत पुस ३ गते सर्वोत्तम सिमेन्टले सेयर जारी गर्ने अनुमति पाएको थियो।
त्यस्तै, पुस १९ गते रिडी हाइड्रोपावरले हकप्रद ल्याउने अनुमति पाएको थियो। त्यसयता कुनै पनि सार्वजनिक निष्कासनको अनुमति दिइएको छैन।



