आर्थिक वर्ष २०८१ /८२को बजेट माथिको गत आइतबारदेखि शुरु भएको छलफल मंगलबार पनि जारी छ । बजेटमाथिको छलफलकै क्रममा मंगलबार पनि संसदमा केहि सांसदहरुले अर्थमन्त्री वर्षमान पुनको कदमाथि आलोचना गरेका छन् भने कतिपयले सुझाव दिएका छन् ।
संसदमा अधिकांश सांसदहरूले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य महत्वकांक्षी, घोषित कार्यक्रम कार्यान्वयनमा चुनौतीपूर्ण, ठूलो आकार र वितरणमुखी भएको औंल्याएका थिए । संसदमा शिक्षा तथा स्वास्थ्य मन्त्रालयको बजेट घट्दा अर्थ मन्त्रालयमा थुप्रिएको बजेटका विषय समेत सांसदहरूले प्रश्न उठाएका थिए ।


