उद्योग दर्ता सिफारिस अब अनलाइनमार्फत


  • Himalayan Bank Limited (HBL)
उद्योग दर्ता सिफारिस अब अनलाइनमार्फत

काठमाडौँ, जेठ २२ गते । खाद्य तथा दाना उद्योग दर्ता सिफारिसका लागि अब खाद्य प्रविधि तथा गुण निणन्त्रण विभाग धाउनु पर्दैन । घर बसी बसी अनलाइनमार्फत सिफारिस प्राप्त गर्न सकिन्छ । त्यसका लागि विभागले सोमबार नेपाल खाद्य तथा दाना उद्योग अनुमति प्रणाली सार्वजनिक गरेको छ । 

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहबाट सार्वजनिक गर्नुभएको सो अनलाइन प्रणालीबाट उद्योगीले जहाँबाट पनि उद्योग सञ्चालन तथा दर्ताका लागि सिफारिस लिन सक्छन् । सो प्रणालीबाट नयाँ उद्योगका लागि सिफारिस मात्र होइन, नवीकरण, खाद्य वस्तु तथा दाना उद्योगको अनुज्ञापत्र तथा उद्योगको अध्यावधिकसमेत गरिने विभागले जनाएको छ । 

Read More