कर्जा र निक्षेपको ब्याजदर अन्तर सीमा भन्दा धेरै राख्ने पाँच विकास बैंक कारबाहीमा


  • Himalayan Bank Limited (HBL)
कर्जा र निक्षेपको ब्याजदर अन्तर सीमा भन्दा धेरै राख्ने पाँच विकास बैंक कारबाहीमा

नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) तोकिएको सीमा भन्दा धेरै कायम गर्ने संस्थालाई कारबाही गरेको छ।  केन्द्रीय बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४.६ प्रतिशत भन्दा धेरै स्प्रेड कायम गर्ने विकास बैंकहरुलाई र एउटा फाइनान्सलाई कारबाही गरेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा केन्द्रीय बैंकले विभिन्न नियामकीय मापदण्ड पुरा नगर्ने ५ विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । यसरी कारबाहीमा पर्नेमा लुम्बिनी विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, सिन्धु विकास बैंक र जानकी फाइनान्स रहेका छन् । सो अवधिमा केन्द्रीय बैंकले एक्सल डेभलपमेन्ट बैंकलाई ग्राहक पहिचान विवरण नराखेको र स्प्रेड दर तोकिएको सीमा भन्दा माथि राखेको भन्दै २ फरक शिर्षकमा कारबाही गरेको जनाएको छ ।

Read More