बैंक तथा वित्तीय संस्थाहरूले विदेशी बैंक वा वित्तीय संस्थाबाट विदेशी मुद्रामा लिएको ऋणको ब्याज मात्र तिर्नु परिरहेको छैन। उनीहरूले यस्तो ब्याजको कर समेत तिरिदिनु परिरहेको छ।
हुनतः आगामी आर्थिक वर्ष २०८१–८२ को लागि सरकारले ल्याएको बजेटले यस्तो ब्याजमा लाग्दै आएको कर घटाएको छ।
अब बैंक तथा वित्तीय संस्थाहरूले विदेशी बैंक वा वित्तीय संस्थाबाट विदेशी मुद्रामा लिएको ऋण बापतको ब्याज भुक्तानीमा पाँच प्रतिशत कर लाग्ने भएको छ।
वैदेशिक पुँजी आकर्षित गर्न भन्दै सरकारले यस्तो ब्याज भुक्तानीमा लाग्ने कर घटाएको उल्लेख गरेको छ। यसअघि यस्तो कर १० प्रतिशत तोकिएको थियो।



