काठमाडौं : न्युयोर्क स्टक एक्सचेन्ज (एनवाइएसई) मा प्राविधिक गडबडीका कारण सोमबार दर्जनौं कारोबारहरुमा अवरोध उत्पान्न भएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । प्राविधिक गडबडीका कारण एनवाइएसईले अमेरिकी सूचीकृत कम्पनी र एक्सचेन्ज ट्रेड फन्डहरुका दर्जनौं कारोबारहरु रद्द गरेको छ ।
लगानीकर्ता वारेन बफेटको कम्पनी बर्कसायर ह्याथवेको ‘क्लास ए’ सेयरहरु सोमबार ९९% ले घटेको देखिएको थियो । बर्कसायर ह्याथवेका केही ‘क्लास ए’ सेयरहरु सोमबार प्रतिकित्ता १८४ डलरमा कारोबार भएको देखिएको हो । जबकी अघिल्लो कारोबार सेसनमा प्रतिकित्ता ६ लाख २१ हजार ४८४ डलरमा उक्त सेयरको कारोबार बन्द भएको थियो ।





