पुँजीगत खर्चमा ८७ प्रतिशत ऋणकै भर


  • Himalayan Bank Limited (HBL)
पुँजीगत खर्चमा ८७ प्रतिशत ऋणकै भर

काठमाडौँ । नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘बजेटमा पूर्वाधार क्षेत्र’ छलफल कार्यक्रममा सरोकारवालाहरूले पुँजीगत खर्च ऋणमा मात्रै भर परेको बताएका छन् । करिब साढे ३ खर्ब रुपैयाँको पुँजीगत बजेटमा ८७ प्रतिशत स्रोत ऋणबाट बेहोर्ने गरी व्यवस्था रहेको छ ।

सरकारले साढे ३ खर्बको पुँजीगत बजेटमा १३ प्रतिशत मात्रै राजश्वबाट बेहोर्ने गरी विनियोजन गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व सहसचिव शिवप्रसाद नेपालले बताए । उनका अनुसार ३ खर्ब ५२ अर्बको पुँजीगत खर्चमा १३ प्रतिशत मात्रै राजश्वबाट बेहोरिएको छ ।

Read More