चुनावको नतीजाहरुका बीच भारतीय शेयर बजारमा उच्च गिरावट देखिएको छ। यस समाचार तयार पार्दा सम्ममा सेन्सेक्स करिब ८ र निफ्टी ८ प्रतिशतभन्दा बढी घटेर कारोबार भइरहेको छ। विशेष कुरा के छ भने जुन सरकारी शेयरहरुको मूल्य पछिल्लो समय उच्च दरमा बढाइएको थियो, त्यही शेयरहरुको मूल्यमा उच्च गिरावट देखिएको छ।
एसबिआईदेखि एलआईसी र एचएएलसँगै रेलवेको शेयरमा पन भारि गिरावट देखिएको छ।
यस बाहेक रिलायन्स इण्डस्ट्रिज र अडानी कम्पनीका शेयरहरुको मूल्य पनि उच्च दरमा घटिरहेको छ।





