बैंकमा पैसा थुप्रिएको थुप्रियै, अझै बढेन कर्जा


  • Himalayan Bank Limited (HBL)
बैंकमा पैसा थुप्रिएको थुप्रियै, अझै बढेन कर्जा

काठमाडौँ — कर्जाको माग नबढ्दा बैंक तथा वित्तीय संस्थामा ६ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । निक्षेप बढिरहे पनि त्यसको अनुपातमा कर्जा प्रवाह नबढ्दा हरेक महिना लगानी गर्न मिल्ने रकम थुप्रिँदै आएको हो । 

गत साउनदेखि शुक्रबार (जेठ १८) सम्म ४ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यो अवधिमा निक्षेपको वृद्धिदर ७.९ र कर्जाको ५ प्रतिशत मात्र छ । कर्जाको वृद्धिदर चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले तय गरेको कर्जा विस्तारको लक्ष्यको तुलनामा आधाभन्दा धेरैले कम हो । चालु आर्थिक वर्ष सकिन अब करिब साढे १ महिना मात्र बाँकी रहेकाले त्यो अवधिमा कर्जाको लक्षित वृद्धिदर प्राप्ति गर्न नसकिने र वृद्धिदर ६ प्रतिशत हाराहारीमा मात्र हुने जानकारहरू बताउँछन् ।

Read More