आधुनिक प्रविधिबाट ठगी, अनुसन्धान पद्धति परम्परागत


  • Himalayan Bank Limited (HBL)
आधुनिक प्रविधिबाट ठगी, अनुसन्धान पद्धति परम्परागत

काठमाडौँ । सूचना र प्रविधिको विकाससँगै वैदेशिक रोजगारीमा ठगीका घटना पनि बढ्दो क्रममा छन् । सामाजिक सञ्जाल, ह्वाट्सएप, इमो, भाइबरजस्ता माध्यमबाट वैदेशिक रोजगारीमा पठाइदिने बहानामा नेपालीहरू ठगिने क्रम बढ्दो छ । तर सम्बन्धित निकायको अनुसन्धान प्रक्रिया परम्परागत नै हुँदा पीडितले न्याय पाउन उक्तिकै मुस्किल हुँदै गएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षको चैत मसान्तसम्म पाँच हजार ८८१ ठगीका उजुरी परेका छन् । तीमध्ये अधिकांश सामाजिक सञ्जालमार्फत नै जोडिएर ठगीमा परेका देखिन्छन् । सामाजिक सञ्जालमा भएको कुराकानीको आधारमै पैसाको कारोबारसम्म हुने गर्दछ । जसले गर्दा वैदेशिक रोजगार जान खोज्ने श्रमिक ठगीको जोखिममा पर्छन् । सामाजिक सञ्जालमा भएको कुराकानीको आधारमा श्रमिकले पैसा पठाइदिने र पछि विदेश नपठाएर सम्पर्कविहीन हुने गरेको देखिन्छ । जसले गर्दा पीडितहरूलाई न्याय पाउन मुस्किल हुने गरेको छ ।

Read More