२२ जेठ, काठमाडौं । निक्षेप सदस्य (डीपी)हरुले ग्राहकलाई आफ्नो डिम्याट खाता समयमै नवीकरण गर्न आग्रह गरेका छन् । सार्वजनिक सूचना जारी गर्दै उनीहरुले असार मसान्तसम्म डिम्याट खाता नवीकरण वापत बुझाउनुपर्ने शुल्क बुझाउन भनेका हुन् ।
असार मसान्तसम्म नवीकरण नभएमा डिम्याट खाता रोक्का हुन जान्छ, सेयर कारोबार गर्न पाइँदैन । डिम्याट खाता नवीकरणवापत प्रत्येक वर्ष १ सय रुपैयाँ र मेरो सेयर नवीकरणवापत ५० रुपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्दछ ।



