कोरोना बीमाको साढे ११ अर्ब भुक्तानी अन्योलमा


  • Himalayan Bank Limited (HBL)
कोरोना बीमाको साढे ११ अर्ब भुक्तानी अन्योलमा

काठमाडौं । राज्यका निकायहरूको लेखापरीक्षण गर्ने संस्था महालेखा परीक्षकको कार्यालयले कोरोना बीमाबापतको दाबी भुक्तानी गर्ने जिम्मा सम्बद्ध बीमा कम्पनीको हुने भनी पटकपटक टिप्पणी गर्दै आए पनि बीमितले भुक्तानी पाउने कुरामा अन्योल बढेको छ । 

नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित सर्वसाधारणको बीमाबापत पाउनुपर्ने रकम करीब साढे ११ अर्ब रुपैयाँ छ । महालेखा परीक्षकले आफ्नो प्रतिवेदनमा सरकारले असीमित दायित्व बेहोर्ने गरी सचिवस्तरीय समितिबाट मापदण्ड स्वीकृत गर्नु गलत रहेको भन्दै प्रश्न उठाएपछि सरकारले प्रतिबद्धता गरेको रकम भुक्तानी अन्योलमा परेको हो । महालेखा परीक्षकको प्रतिवेदनअनुसार २०७९ असारसम्ममा कोभिड बीमाबापतको ६ अर्ब १० करोड १५ लाख रुपैयाँ भुक्तानी भएको छ । ११ अर्ब ३४ करोड २५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । प्रतिवेदनमा उक्त रकम बीमा कम्पनीबाट भुक्तानी दिलाउन नेपाल बीमा प्राधिकरणलाई निर्देशनसमेत दिइएको छ । 

Read More