अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको १८ खर्ब ६० अर्ब ३० करोडको बजेटका केही बुँदाहरू निर्माण उद्योगका लागि सकारात्मक रहे पनि अहिले शिथिल रहेको अर्थतन्त्र चलायमान हुनेगरी बजेट नआएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।
सोमबार एक कार्यक्रमबीच महासंघको धारणा प्रस्तुत गर्दै महासंघका महासचिव रोशन दाहालले लामो समयबाट उठाउँदै आएको भुक्तानीका बारेमा बजेटमा केही उल्लेख नगरेको बताए।



