काठमाडौं : मे १७, सन् २०२४ मा ३५०० को विन्दुमा रहेको रुसको सेयर बजार त्यसयताका दिनमा भने भारी अंकले घटेको छ । त्यहाँको मस्को स्टक एक्सचेन्जको ‘एमओइएक्स’ सूचक जुन ३ सम्म आइपुग्दा ३१६१ (यो समाचार तयार पर्दै गर्दा ३:०५ बजे) विन्दुमा झरेको छ ।
११ कारोबार दिनमा सूचक करिब १० प्रतिशतले घटेको छ । पछिल्ला महिनामा स्थिर रुपमा बढेको बजार अहिले भने ह्वातै घटेको छ ।बजार सन् २०२२ अक्टोबरमा करिब १८०० विन्दुमा थियो । त्यसपछि बढेर ३५०० विन्दुसम्म पुगेको हो । यो सन् २०२२ अक्टोबर पछिको सबैभन्दा ठूलो गिरावट हो । सन् २०२२ देखि यसअवधिसम्म यति छोटो समयमा बजार यसरी घटेको थिएन ।



