काठमाडौं । धितोपत्र कारोबारमा कागजी प्रक्रिया अन्त्य गराउने उद्देश्यसहित हितग्राही खाता (डिम्याट एकाउन्ट) अनिवार्य गरिएको करीब ७ वर्ष हुन लाग्यो । धितोपत्र कारोबारलाई प्रविधिमैत्री बनाउने उद्देश्य सहित कागजमा उल्लेख हुने धितोपत्र पछिल्लो समय डिम्याट खातामा जम्मा हुन थालेको हो ।
धितोपत्र कारोबारलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित २०७३ साउन १ गतेदेखि डिम्याट खाता अनिवार्य गरिएको थियो । डिम्याट खातामा भएका धितोपत्र मात्र कारोबार गर्न सकिने व्यवस्था लागू भएसँगै सूचीकृत धितोपत्रहरू डिम्याट हुने क्रमले निरन्तरता पाए पनि पूर्णता भने नपाएको अवस्था छ ।



