काठमाडौं : तेल उत्पादक राष्ट्रहरुको समूह ‘ओपेक प्लस’ ले कच्चा तेलको उत्पादनमा गर्दै आएको कटौतीलाई सन् २०२५ को अन्त्यसम्म निरन्तरता दिने भएको छ । ओपेक प्लसले मागमा आएको गिरावट, उच्च ब्याजदर र बढ्दो अमेरिकी उत्पादनबीच भाउ बढाउने उद्देश्यले तेलको उत्पादन कटौतीलाई निरन्तरता दिएको हो ।
हालैका दिनहरुमा ब्रेन्ट क्रुड मूल्य प्रतिब्यारेल ८० डलरको नजिक कारोबार भइरहेको छ । जुन धेरै ओपेक प्लस सदस्यहरुलाई आफ्नो बजेट सन्तुलन गर्न आवश्यक मूल्य भन्दा तल भएको रोयटर्सले उल्लेख गरेको छ । प्रमुख तेल आयातकर्ता चीनमा माग वृद्धि कमजोर हुने चिन्ता र विकसित अर्थतन्त्रहरुमा बढ्दो तेल रिजर्भका कारण मूल्यमा कमी आएको हो ।



