नेप्से १५.८५ अंकले बढेर १,२७४.८६ को विन्दुमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से १५.८५ अंकले बढेर १,२७४.८६ को विन्दुमा

काठमाडौं: नयाँ  आर्थिक वर्ष २०७६ /७७ को पहिलो दिन शेयर १५.८५ अंकले बढेर १,२७४.८६ को विन्दुमा कायम भएको छ । १ सय ६७ कम्पनीको १३ लाख ७५ हजार १ सय ९० कित्ता शेयर ५ हजार ३ सय ८७ पटक खरिदविक्री हुँदा ४२ करोड ६७ लाख ४३ हजार ४ सय ५८ रुपैयाँको कारोबार भएको छ ।

सो दिन सबैभन्दा धेरै नेपाल बैंकको  ४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो भने नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ९५ लाख, शिवम सिमेन्टले २ करोड ४१ लाख, अपर तामाकोशीले २ करोड १३ लाख बढीको कारोबार भयो ।

यस दिन अन्य ६ वटा कम्पनीको पनि १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो । त्यसैगरी लघुवित्त कम्पनीहमा उन्नती माइक्रोफाइनान्सको शेयरमुल्य सबैभन्दा धेरै ७ प्रतिशतले बढेको छ भने सिभिल लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।

Read More
  • MBL - below news
  • EBL Ad news