मेल्टिङ उद्योगीका समस्या समाधानबारे प्रधानमन्त्रीद्वारा अर्थमन्त्रीलाई निर्णय लिन निर्देशन


  • Himalayan Bank Limited (HBL)
मेल्टिङ उद्योगीका समस्या समाधानबारे प्रधानमन्त्रीद्वारा अर्थमन्त्रीलाई निर्णय लिन निर्देशन

कामठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पञ्ज आइरनको करको दरमा भएको हेरफेरलाई संशोधन गर्ने प्रतिवद्धता जनाएका छन ।

प्रधानमन्त्री दाहालले करको दरमा भएको हेरफेरबारे आवश्यक संशोधन गर्न अर्थमन्त्रीलाई निर्देशन समेत दिएका हुन् । सोमबार भेटका लागि बालुवाटार पुगेका व्यवसायीहरूलाई प्रधानमन्त्री दाहालले अर्थमन्त्रीलाई आवश्यक निर्णय लिन निर्देशन दिएको जानकारी गराएका हुन।

प्रधानमन्त्री दाहालले व्यवसायीलाई भेट्नुभन्दा अघि अर्थमन्त्री पुनसँग छलफल गरेका थिए। दाहालले करको दर हेरफेर गरेको विषयबारे आफू जानकार रहेको बताउँदै अर्थमन्त्री वर्षमान पुनलाई व्यवसायीमाथि अन्याय भएको हो भने फेरिएको दर फिर्ता लिन निर्देशन दिएको व्यवसायीको भनाई छ ।

Read More