प्रशासनिक सुधारबाट आगामी वर्ष एक खर्ब एक अर्ब राजस्व विस्तार!


  • Himalayan Bank Limited (HBL)
प्रशासनिक सुधारबाट आगामी वर्ष एक खर्ब एक अर्ब राजस्व विस्तार!

सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा १४ खर्ब १९ अर्ब रुपैयाँको राजस्व स्रोत देखाएको छ। 

सरकारी आकलन अनुसार राजस्व उठ्न भने अहिलेसम्मकै उच्‍च राजस्व वृद्धिदर हुनु पर्नेछ।

आगामी आर्थिक वर्षको लागि अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। 

प्रदेश र स्थानीय तहलाई पठाउने सहित १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व आगामी आर्थिक वर्षमा उठ्ने आकलन गरिएको छ। यो राजस्वमा एक खर्ब ५९ अर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा बाँडफाँटपछि संघीय सरकारको राजस्व स्रोत भने १२ खर्ब ६० अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ। १८ खर्ब ६० अर्ब रुपैयाँको तुलनामा यो ६७ प्रतिशत मात्रै हो।

Read More