पुँजीगत खर्च सुक्दै, ऋणले थिचिँदै


  • Himalayan Bank Limited (HBL)
पुँजीगत खर्च सुक्दै, ऋणले थिचिँदै

आमूल परिवर्तन र पटक–पटक क्रमभंगको कुरा गर्ने कम्युनिस्ट नेतृत्वको सरकारका अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ का लागि यथास्थिति शैलीमै पुँजीवादी बजेट सार्वजनिक गरेका छन्। कागलाई बेल पाक्यो हर्ष न विस्मात भने झैं यो बजेटले आमसर्वसाधारण जनतालाई कुनै रक्तसञ्चार गराउन सकेको छैन। ‘नयाँ बोतलमा पुरानै रक्सी’ झंै आम्दानी र खर्चको क्षमता अभिवृद्धि गर्ने योजनाबिना अर्थमन्त्रीले परम्परागत शैलीकै बजेट प्रस्तुत गरेका छन्। आमनागरिकको निराशा चिर्ने र आशा जगाउने बजेट ल्याउन सकेन यो कम्युनिस्ट नेतृत्वको सरकारले। यद्यपि, अगामी वर्ष आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने र मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्यसहित सरकारले आर्थिक सुधारको वर्ष घोषणा गरेको छ। अर्थमन्त्रीले बजेटलाई आत्मविश्वास र आशा जगाउने दस्तावेज बनाएको दाबी गरेका छन्। तर, यथार्थताको कसीमा दाँजेर हेर्दा उनको दाबीमा कुनै सत्यता भेटिँदैन।

Read More