बजेटमा निजी क्षेत्रलाई अगाडी बढाउने गरी काम गरिएको छः गभर्नर अधिकारी


  • Himalayan Bank Limited (HBL)
बजेटमा निजी क्षेत्रलाई अगाडी बढाउने गरी काम गरिएको छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको बजेटमा निजी क्षेत्रलाई विशेषगरी हेरिएको बताए। आईतबार इकोनोमिक मिडिया सोसाईट नेपाल (इम्सन)को कार्यक्रममा बोल्दै उनले यसपल्टको बजेटमा धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राखेको बताए।

यसपटकको बजेटमा ईमान्दारी प्रयाससँगै बजेटमा निजी क्षेत्रलाई कसरी सँगै लैजाने सकिन्छ भन्ने कुरालाई मुख्य जोड दिईएको बताए। गत वर्ष भएका समस्यालाई यो वर्ष कसरी समाधान गर्न सकिएला भन्ने कुराहरुलाई पनि जोड दिईएको उनले बताए। कृषि क्षेत्रलाई चलायमान बनाउन र यसको वृद्धिका लागि बजेटमा विशेष ध्यान दिएको उनले बताए।

Read More