आर्थिक वृद्धि ६ प्रतिशत भेट्न बैंकको कर्जा ६ खर्बले बढ्नुपर्छ: एनएमबी सिइओ केसी


  • Himalayan Bank Limited (HBL)
आर्थिक वृद्धि ६ प्रतिशत भेट्न बैंकको कर्जा ६ खर्बले बढ्नुपर्छ: एनएमबी सिइओ केसी

सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि ल्याएको बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतको मूल्य वृद्धिको प्रक्षेपण गरेको छ। 

आर्थिक वृद्धिको प्रक्षेपणसँग तालमेल मिलाउन राष्ट्र बैंकले आगामी वर्ष कम्तीमा ११.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राख्नुपर्ने हुन्छ। गत वर्षदेखि कर्जा विस्तारमा सुधार हुन सकेको छैन। 

गत वर्ष निजी क्षेत्रतर्फ गएको कर्जा ३.८ प्रतिशतले विस्तार भएकोमा यसपटक ६ प्रतिशत हाराहारीसम्म विस्तार हुने अनुमान गरिएको छ। यसो हुँदा यो वर्षको अन्त्यसम्ममा निजी क्षेत्रतर्फ जाने कर्जा ५० खर्ब ८४ अर्ब बराबर हुन्छ। यस आधारमा आगामी वर्ष ११.५ प्रतिशतले विस्तार हुन पाँच खर्ब ८४ अर्बले कर्जा वृद्धि हुनुपर्दछ।

Read More