अम्बानीलाई पछि पार्दै गौतम अडानी बने एसियाकै धनाढ्य, विश्वकै ११औं स्थानमा


  • Himalayan Bank Limited (HBL)
अम्बानीलाई पछि पार्दै गौतम अडानी बने एसियाकै धनाढ्य, विश्वकै ११औं स्थानमा

मुकेश अम्बानीलाई पछि पार्दै उद्योगपति गौतम अडानी एसियाकै धनी उद्योगपति बनेका छन् । गौतम अडानीकाे कम्पनीको शेयरको मूल्य बढेसँगै उनी एक कदममाथि उक्लिएका हुन् ।

संचारमाध्यमका अनुसार गौतम अडानीको कुल सम्पत्ति १११ अर्ब डलर पुगेको छ । सम्पत्ति बढेसँगै उनी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । मुकेश अम्बानी भने १०९ अर्ब डलरको सम्पत्तिसहित एसियाकै दोस्रो धनी व्यक्ति हुन्।

अडानी समूहका कम्पनीको शेयर मूल्य बढ्याे

अमेरिकी ब्रोकरेज कम्पनी जेफरीजले समूहको बारेमा राम्रो प्रतिक्रिया दिएसँगै शुक्रबार समूहका सबै कम्पनीको शेयर मूल्य १४ प्रतिशतले बढेको छ । जसकारण अडानी समूहका १० सूचीबद्ध कम्पनीहरूको बजार मूल्यमा ८४,०६४ करोड भारतीय रुपैयाँ बढेको छ। शुक्रबार कारोबारको अन्त्यमा, अडानी समूहका १० सूचीबद्ध कम्पनीहरूको बजार पूँजीकरण १७.५१ ​​लाख करोड भारतीय रुपैयाँ पुगेको छ। जेफ्रिजले अडानी समूहको महत्वाकांक्षी विस्तार योजनाको खुलासा गरेको छ । उक्त याेजना अन्तर्गत जेफ्रीजले अडानी समूहले अर्को दशकमा ९० बिलियन डलरको पूँजी खर्च गर्नेछ। त्यसपछि, अडानी समूहका सबै कम्पनीको शेयरमूल्य बढेको थियो ।

Read More