सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध परेको जाहेरी झिकाउन सर्वोच्चको आदेश


  • Himalayan Bank Limited (HBL)
सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध परेको जाहेरी झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको जाहेरी झिकाउन आदेश दिएको छ । 

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पोखराका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अपचलनमा गृहमन्त्रीको संलग्नताको विषयमा परेको उजुरी झिकाउन आदेश दिएको हो । 

सूर्यदर्शन सहकारीका बचतकर्ताहरुले २०८० माघ २२ गते रवि लामिछाने, दीपेश पुनसहित विभिन्न १८ व्यक्ति तथा संस्थाविरुद्ध पूरक जाहेरी दिएका थिए । अदालतले सोही पूरक जाहेरीको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको हो ।

Read More