काठमाडौं । डेढ अर्बभन्दा बढी रुपैयाँ अपचलन गरेको आरोपमा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष चन्द्रबहादुर (सीबी) लामा पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेपलाञ्चोकका लामालाई गत शुक्रवार चितवनको भरतपुरबाट पक्राउ गरी आइतवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।



