पाँच महिनामा भित्रिए पाँच लाख पर्यटक


  • Himalayan Bank Limited (HBL)
पाँच महिनामा भित्रिए पाँच लाख पर्यटक

सन् २०२४ को मे महिनामा ९० हजार पर्यटक भित्रिएका छन्।

पर्यटन बोर्डका अनुसार मे मा ९० हजार २११ पर्यटक भित्रिएका हुन्।

यससँगै सन् २०२४ को पाँच महिना (जनवरीदेखि मार्चसम्म)मा ५ लाख ६ हजार २८० पर्यटक नेपाल आएका छन्।

तथ्यांकअनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६ पर्यटक भित्रिएका थिए।

Read More