शिक्षा क्षेत्रमा अपारदर्शी खर्च, बेरुजु मात्रै ३ अर्ब बढी


  • Himalayan Bank Limited (HBL)
शिक्षा क्षेत्रमा अपारदर्शी खर्च, बेरुजु मात्रै ३ अर्ब बढी

काठमाडौँ । सरकारले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयमा केही बर्ष यता बजेट वृद्धि गर्दै लगेको छ । यो मन्त्रालयका लागि आर्थिक बर्ष २०७५/७६ मा १ खर्ब ३४ अर्व बजेट बिनियोजन भएकोमा आगामी आर्थिक बर्ष २०८१/८२ मा २ खर्ब ३ अर्ब पु¥याइएको छ । तर यसरी बढ्दै गएको बजेटको खर्च विवरण पारदर्शी रुपमा नहुँदा मन्त्रालयको बेरुजु दर पनि बढ्दो क्रममा छ । महालेखा परीक्षकले आर्थिक बर्ष २०७९/८० सार्वजनिक गरेको प्रतिवेदनले शिक्षामा सरकारी कार्यालय र संगठित अन्य संस्था र समितितर्फ गरी ३ अर्व १० करोड ४५ लाख रुपैयाँ बेरुजु देखाएको छ । 

Read More