१३५ पालिकाको बेरुजु पुग्यो २६ अर्ब ६३ करोड, एक वर्षमै थपियो ५ अर्ब


  • Himalayan Bank Limited (HBL)
१३५ पालिकाको बेरुजु पुग्यो २६ अर्ब ६३ करोड, एक वर्षमै थपियो ५ अर्ब

विराटनगर । कोशी प्रदेशका १३७ वटै पालिकाको बेरुजु २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रदेशहरूको छैटौँ प्रतिवेदनमा यस्तो विवरण सार्वजनिक भएको हो । 

प्राप्त प्रतिवेदन अनुसार कोशी प्रदेशमा एकमात्रै महानगरपालिका रहेको विराटनगरको बेरुजू आर्थिक वर्ष २०७९–८० मा ७ करोड १२ लाख रुपैयाँ रहेको छ । यस्तै इटहरी र धरान उपमहानगरपालिकाको बेरुजू २५ करोड ७ लाख पुगेको छ । सबैभन्दा बढी बेरुजू प्रतिशत दुई वटा उपमहानगर पालिका धरान र इटहरीमा देखिएको हो ।  

Read More