काठमाडौं : पर्वत पैयु खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ प्रस्ताव सहित असार ३ गते विशेष साधारण सभा बोलाएको छ ।सभा टोखा-५, काठमाडौंस्थित यस कम्पनीको कर्यालयमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । त्यसैगरी, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, कम्पनीको नियमावलीको नियम १८ मा संसोधन गर्नेलगायतका प्रस्तावहरु पेश हुनेछन् ।





