काठमाडौं : सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ सुरू भएको हो। यसअघि गत बुधबार र बिहीबार निवेदकका कानुन व्यवसायीका तर्फबाट पेशी स्थगितका लागि निवेदन दिएपछि सुनुवाइ रोकिएको थियो।
गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने ठहर गर्दै निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको थियो। रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।



