काठमाडौँ — चालु आर्थिक वर्षको वैशाखमा १३ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार ५९ वटा नयाँ उद्योगमा उक्त रकम प्रतिबद्धता आएको हो । चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता वैशाखमा आएको हो ।
त्यसपछि सबैभन्दा धेरै साउनमा ११ अर्ब ९३ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा कम लगानी प्रतिबद्धता माघ र चैतमा आएको छ । माघमा ३४ करोड ५० लाख र चैतमा ९६ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।


